दफा
विवरण पठाउनु पर्ने
(१) अनुसन्धान अधिकारीले कसूरको अनुसन्धान तथा तहकिकातको
सिलसिलामा दफा ४ बमोजिम रोक्का राखेको वा नियन्त्रणमा लिएको सम्पत्ति वा साधन
सम्बन्धी विवरण प्रत्येक महिना तोकिएको ढाँचामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा
पठाउनु पर्नेछ ।
तर काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका अनुसन्धान अधिकारीले त्यस्तो विवरण
विभागमा पठाउनु पर्नेछ ।
(२) जिल्ला प्रशासन कार्यालयले उपदफा (१) बमोजिम प्राप्त विवरण तथा दफा ६
बमोजिम बैङ्कमा जम्मा गरेको विदेशी मुद्रा, विनिमेय अधिकारपत्र वा बहुमूल्य धातु वा वस्तु
सम्बन्धी विवरण र दफा ७ बमोजिम धरौटी खातामा जम्मा गरेको रकमको विवरण
विभागमा तोकिए बमोजिम पठाउनु पर्नेछ ।